Header Ads Widget

Responsive Advertisement

प्रेम दिवसमा भारतिय गुलाफको फूल प्रयोग नगरौं


'शुभ कार्यका लागि आइतबार कुर्नु पर्दैन' भनेझैं प्रेम गर्नेहरूको लागि प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे पर्खिनु पर्दैन । तैपनि फेब्रुअरी महिनाको दोस्रो सातालाई प्रणय दिवसका रुपमा केही वर्ष यता मनाउन थालिएको छ । खासगरी नेपालमा प्रेम गर्नु स्वतन्त्र नभए पनि पछिल्लो समय किशोरावस्था र युवा अवस्थाका युवायुवतीले उत्साहका साथ मनाउने गरेका छन् । प्रेम आफैमा पवित्र शब्द हो । यसले दुई व्यक्ति वीचको आत्मियता लाई प्रतिविम्बित गर्दछ । तर प्रेम दिवसको नाममा आफ्नो रहनसहन र संस्कृति नै खलल हुनेगरी छाडापन देखाउनु राम्रो होइन । प्रणय दिवस विशेषत: प्रेमीप्रेमिकाले आपसी प्रेम साटासाट गरि मनाउने गर्छन् । घाँटी हेरेर हाड निल्नु भने झै परिवार र देशको आर्थिक अवस्था र परिस्थिति अनुकुल बन्नुपर्ने युवायुवतीलाई आग्रह छ । प्रेम देखाउने वाहनामा महंगो उपहार खरिद गर्नु हुदैन । बरु उपहारका लागि छुट्याइएको रकम संचय गरेर भविष्यमा कुनै प्रयोजनका कार्यमा सामुहिक लगानी गर्न सकिन्छ । युवा भनेको देशको सबैभन्दा शिक्षित र सक्रिय वर्ग हो । देशको उत्पादन प्रयोगमा ध्यान दिने र स्वदेशी वस्तुको उपयोग गर्न अरुलाई प्रोत्साहन गर्नुपर्नेमा स्वदेशमा निकै कम उत्पादन हुने गुलाबको फूल उपहारस्वरूप दिएर स्वदेशी पुँजी भारतमा भित्र्याउनु हुदैन ।

'यस वर्षपनि सदाझैं एक करोड २५ लाख बराबरको गुलाफको फूल प्रेम दिवसका लागि भनेर भारतबाट नेपाल आयात हुँदै छ ।'
एकैछिन प्रेम देखाउन अनि भोलिपल्टै सुकेपछि कुनै काम नआउने गुलाफ किन्नुको साटो स्वदेशमै उत्पादित कुनै उपभोग्य वस्तु उपहारस्वरूप दिंदा व्यक्तिलाई समेत फाइदा पुग्ने तथा स्वदेशी पुँजीको उपयोग देशमै हुने तथ्य युवा समूहले बुझ्नुपर्ने बेला आएको छ ।
राष्ट्रवादको चर्को नारा लगाएर टायर जलाउने, पर्चा पम्प्लेट बोकेर सडक जाम गर्दै जिन्दावाद मुर्दावाद भन्नुभन्दा हिजो नाकावन्दी लगाएर जीउनै मुस्किल बनाउने भारतबाट ल्याएको गुलाफ प्रयोग नगरेर कुटनैतिक रुपमा बुलन्द जवाफ दिन सक्नु Back off India भनेर सडकमा आउनुभन्दा कैयौं गुणा राष्ट्रवादी हुन जान्छ ।
यसपटकको प्रणय दिवसमा गुलाफको फूल खरिद नगर्न आफ्नो प्रेमी अथवा प्रेमिकालाई सल्लाह दिनु बुद्धिमानी हुन्छ । तसर्थ हरेक युवायुवतीले राष्ट्रवादी बनेर प्रेम दिवस मनाउन सजग रहनु आजको आवश्यकता हो ।
#SayNoRose

जय नेपाल !!

Post a Comment

0 Comments