Header Ads Widget

Responsive Advertisement

लुभु, पाँच पुरानो दरबार र केही हस्ताक्षर






भाद्र १९ गते तेस्रो सेमेस्टरको औपचारिक अन्तिम मिति थियो लगातार एक महिनाभन्दा बढी समय परिक्षा अध्ययनमा भुमिगत जीवन बिताउन बाध्य साथीहरू दुईवटा परिक्षा बाँकी छदै कतै घुम्न जानुपर्ने योजना बनाउन थाले नेपाली राजनीतिमा सर्वदलीय बैठक जस्तै केही सहमति, समर्थन असहमतिका बीच परिक्षा सकिएकै साँझ बाहिर बिताउने मिति तय भयो मिति सम्बन्धमा सबैले आआफ्नो धारणा राखे कसैले १९ गते भए जान पाउने तर त्यसपछिको कुनै मिति आफुलाई मान्य नहुने तथा बेफुर्सदी हुने विभिन्न स्पष्टीकरण सहितको बिचारहरु राख्दै केही घण्टा ग्रुप च्याटमा लामा संवाद भयो अन्ततः मिति १९ गते साँझलाई नै तय भयो अनि उपस्थिति स्वेच्छिक
फेसबुक संवादमै इभेण्ट बन्यो , दुईवटा छनोट सहित एउटा ;गोइङ अर्को कान्ट गो अनि इभेन्टको नाम बन्यो वार्म अप फर जोमसोम ( warm up for Jomsom ) रवि आचार्य मुख्य योजनाकार अनि सन्तोष पाठक मुख्य व्यवस्थापक स्थान तय भयो ललितपुर जिल्लाको निकै उचाइको क्षेत्र लुभु स्वयं जाने नजाने दोधारमा थिएँ साथीहरूले धमाधम गोइङ अप्सनमा थिचेर आफ्नो उपस्थितिको जानकारी औपचारिक रुपमै पक्का गरिसकेका थिए मेरो रहर सहितको केही बाध्यता पनि थिए जानेहरुको अन्तिम नामावली घोषणा हुँदा मैले आफ्नो लागि बाताबरण मिलाउदै एकदुई जनालाई जानपनी सक्ने नजान पनि सक्ने भनेर राखौं भन्ने प्रस्ताव राखे मेरो जाने रहर बीच नजान सक्ने बाध्यता पनि थियो हुन साथीहरूले मलाई जानेकै समुहम राखेर लगिरहेका थिए
१९ गते आयो परिक्षा सकियो पनि सबै बाध्यतालाई पन्छाउदै जाने भएँ संयोग मान्नुपर्छ १९ जना नै जानेहनरूको संख्यामा अटाए मनोरञ्जनको भरपर्दो माध्यम विकल्पको रुपमा यतै उपलब्ध हुने केही साथीहरू यतै बसे हुन राम्रो विकल्प हुने हो भने त्यति टाढा पुग्नुपर्ने जरुरी पनि भएन हरेकले रमाउने तरिका फरकफरक हुन्छन्
जाने मध्यमा पनि दुई समूह बन्यो एक बस चढेर अर्को मोटरसाइकलमा प्रकाश लुइँटेल, पशुपति गैरे, सुवित क्षेत्री, सन्तोष पाठक, सुरज गिरी ज्ञान गैरे मोटरसाइकल चालक अनि इन्द्र लम्साल, रविन ढकाल, सुवास गौडेल, नवराज पराजुली, शशि तामाङ दिपक सापकोटा क्रमशः पछाडि बस्नेहरू थियौँ रवि आचार्य, सुर्य कँडेल, कविन्द्र नेपाल, विवेक गिरी, दिवाकर लामिछाने, आयुष त्रिताल प्रकाश अर्याल बसको यात्रा गर्दै गन्तव्यतिर निस्किए बसको अन्तिम गन्तव्यमा पुगेर सबै एकै समूह बनाएर हिड्दै हाम्रो गन्तव्यमा पुग्ने सल्लाह बमोजिम टोली अगाडि बढ्यो मोटरसाइकलहरु सन्तोष पाठकको निवास अगाडि पार्क गरिए छोरा उसका साथीहरू जियोलोजी पढ्ने बुझ्नुभएको सन्तोषको मम्मीले रमझममा झोला मोटरसाइकलको चाबी हराउन सक्ने भन्दै घरमै राख्न भन्नुभयो एकछिन सबैको अनुहार रातो भयो अनि शालिन परिचय दिन सफल भएकोमा सन्तोषलाई बधाई पनि दिए
दुबै टोली एक भएर अगाडि बढ्यो लोकतान्त्रिक भैसकेको नेपालमा बाइसी चौबीसे राज्य भन्दा बढी दरवार बनेको कुरा नौलो होइन तर निकै पछि बनेको दरवारको नाम पुरानो दरवार राखिनु रहस्यमय थियो केही पुरानो दरवारहरु हाम्रो झोलामा पनि पसे एउटा सिंगो दरबार बोकेर हिड्न पाएकोमा विवेक मख्ख थियो यात्रा स्थलबाट तेस्रो पानीको धारा आउन्जेल सम्म देशमा जनता शक्तिशाली छन् भन्ने उदाहरण प्रस्ट भयो ,सुवितको नेतृत्वको एक टोलीले सशक्त प्रयासमाक पुरानो दरबार पनि खाली बनाएर त्यसमा आफ्नो वर्चस्व कायम गरिसकेको थियो हामी भरपुर आनन्द लिदै अगाडि बढिरहेका थियौं  बिचबिचमा रविका रमाइला जोक्सले कसैलाई पनि मुख बन्द गरि बस्न दिदैनथ्यो
घुमाउरो बाटो, भर्खर बाला छोड्न थालेका हरिया धानखेतहरु, माथी सल्लाघारीको प्रकृतिलाई स्पर्श गर्दै बहने चिसो हावा साच्चै नै काठमाडौंको कोलाहलमय वातावरणलाई बिर्साउने माध्यम बन्यो एउटा हरियो सल्लाघारीको भिरालो बाटो छिचोलेपछी हाम्रो गन्तव्य आयो निकै उचाइमा बसेर हेर्दा पुरै अस्तव्यस्त काठमाडौं पनि मनोरम देखिने रहेछ साँझ बढ्दै गयो , उकालो लामो बाटोमा हिडेर लखतरान बनेका केही साथिहरु एकछिन आराम गरे बस्ने ठाउँको चाजोपाजो मिलाइयो बाहिर गुन्द्री बिच्छाइयो टेबुल राखियो मलाई सुताउनुपर्ने जस्तो देखियो भने लगेर सुताइदिनु केही आफ्ना कमजोरी विवेकलाई राखेर सचेत बन्दै थिए छेउमा आगो बल्यो बारबिक्युको लागि आवश्यक सरजाम जुटाइए काक्राहरु काटिए , १९ जना युवाको सशक्त आन्दोलन निरन्तर प्रयासमा बाकी दरबार पनि खाली गरिए अनि गुट उपगुट बने आआफ्ना गुनासो समस्या सुनाउन थालियो मेरो छेउमा पशुपति सन्तोष थिए हामी पनि केही पुरानो जीवनमा फर्कियौं पुरानो कुरा गर्दा केही कानेखुसी गरिए पशुपति छेउ बसेका नवराज दाइले सुनेको अड्कल गर्दै कानेखुसी निषेध भन्नुभयो अलि परतिर पुर्वकप्तान प्रकाश केही जमातमा गम्भीर बिषय वस्तुमा छलफल गर्दै थिए फरक मान्छेलाई जम्मा गरेर थर्काउने फकाउने शृङ्खला चलाइरहेको हेर्न लाएक देखिन्थ्यो यसैबीच बुलेट हरायो भएको ठाउँ उसैलाई थाह थिएन आयुसलाई थाह थियो रे तर आयुष यस विषयमा अनभिज्ञ थियो
आज आन्दोलन रोकिने अवस्थामा थिएन छेउछाउका दरवार रित्तिएको केही समयमै छलफलले अर्को आन्दोलनको तयारी गर्यो विवेकको संयोजकत्वमा हस्ताक्षर संकलन उपसमिति बनाइयो हस्ताक्षर पछि केही साथीहरूलाई बिस्तरामा पुर्याएर छोडियो गफगाफ गर्दा गर्दै खाना खाँदा ११ बजिसकेको रहेछ पुराना दरवार पुरै खाली भए धेरै देखाउन एकै जनाले पटकपटक हस्ताक्षर गर्दा करिब अढाइ पाना हस्ताक्षर संकलन भएको संयोजक गिरीले जानकारी गराए यो प्रयाप्त देखियो अनि सबैजसो सुत्ने तयारीमा जुटे खाना खाइसकेपछी , सुबास दाइ, पशुपति, शशि विवेक निकैबेर समसामयिक राजनिती जियोलोजी भित्रका रहस्यमय कुरा गर्दै बस्यौं साढे एक बजिसकेछ अब सुत्नुपर्छ भन्दै कोठामा छिर्यौं सुत्ने ठाउँको अपुग भएता पनि मिलेर सुतियो केही असाध्यै रमाइला कुराहरू थाह भयो सन्तोषलाई साढे बजे भोक लाग्ने रहेछ पशुपतिले निदाइसकेपछी आफुलाई बाघ नै सम्झिने रहेछ ( आवाज ) साथीहरूको लागि सबैभन्दा उदार मान्छे कविन्द्र रहेछ भन्ने कुरा बिहान ब्युझेपछी पो थाह भयो साथीहरूलाई सुत्ने ठाउँ अपुग हुन्छ भनेर गोडातर्फको सानो ठाउँमा पुरै रात बिताएको रहेछन् अनि मलाई लाग्यो यस्तो उदार साथीसंग युगौंयुग संगै हुन पाइयोस्
उज्यालो भयो होहल्ला सुरु भयो हरेकका खुट्टामा रगत जमेको थियो , कसैले पनि आफुलाई जुकाको आहार हुनबाट जोगाउन सकेनछ बिहान सबैजना उठेपछि कालो चिया पिएर पुनः पुरानो जिन्दगीमा फर्कियौं १९ गतेको साँझ निकै अविस्मरणीय बन्यो अनि योजना अनुरुप मुस्ताङको लागि भनिएको अभ्यास पनि सफल भयो समय समयमा यस्ता रमाइला साँझ आयोजना भैरहनु पर्छ ।

Post a Comment

0 Comments