Header Ads Widget

Responsive Advertisement

परिवेश




यो परिक्षाको समय हो !
मनलाई जबर्जस्ती केही कापी, कसैको नोटकपी निकै मोटा महँगो मूल्य पर्ने फोटोकपी गरिएका किताबले घेरा हालेर राखेको मोबाइलको ग्यालरीमा कुनै जवान तरुनीसंग खिचिएको सेल्फी हुनुपर्ने उमेर हो तर एउटा पनि छैन त्यसको सट्टामा केरमेट गरिएका कागजका पानाहरु बोकेर आफै भारी मोबाइल एकदिन च्याट धेरै हुन्छ भनेर म्यासेन्जर अनइनिस्टल गरे अह पटक्कै राम्रो भएन कैयौं सूचनाबाट बन्चित हुनुपर्यो अनि फेरि इनिस्टल अचेल कसैले फोन गर्दैन प्रायः सबैसँग फेसबुक मेसेन्जर त्यतै कुरा हुन्छ मेरा बा यो बारे अनविज्ञ हुनुहुन्छ हप्ता दिनमा मोबाइल बज्छ मेरो घर भएको ठाउँ पनि यसपटक नगरपालिकामा परेछ परेको थिएन पारिएको हो कुनै नगरपालिकालाई जनसंख्या नपुगेर हामीलाई मिसाएका रे मिसाउनेले आफुलाई जनसंख्या नपुगेको मात्र देखे गाउँमा बिजुली, पानी सडक नपुगेको कहिल्यै देखेनन स्थानीय निकायको चुनाव हुने भनेपछि गाउँका खिया लागेका नेताहरु फेरि जुर्मुराएका छन् देशमा जनता छैनन् कुनै राजनीतिक दलका कार्यकर्ता मात्र घर छेउको गुणस्तरीय बोर्डिङ स्कुलमा पार्टी नमिलेर भनेर कोश टाढा कुनै आफ्नो राजनीतिक दलको कहलिएको स्कुलमा बच्चालाई भर्ना गर्ने समाज देशमा यति फरक अन्य देश नेपालमा अन्त जनताले हरेक चुनावमा विचार बदल्छन , खासमा पार्टी परिवर्तन गर्नुपर्ने जनताले हो अनि पो नेतृत्व परिवर्तन हुन्छ तर अपसोच यहाँ नेताले पार्टी परिवर्तन गर्छन् जनता कट्टर बन्छन् अनि परिवर्तन खोज्छन् चिनीमा नुनिलो संवाद खोजेजस्तो
केहिदिन पहिले धेरैदिनमा फोन बज्यो त्यो पनि अमेरिकाबाट अचम्म परे त्यता कोहि छैन चिनजानका आफन्तमध्य केही खाडी जानुबाहेक अरुदेशमा हाम्रो पहुँच छैन भारतमा कैयौं आफन्त छन् प्राय हरेक शहरमा कामदार फोन गर्ने एकजना स्कुल पढ्दाको साथी रहेछ , डिभी परेर बर्ष पहिले त्यता पुगेको गएदेखी सम्पर्क थिएन नेपाल फर्कन लाग्दा सम्झेको रहेछ मात्र एकजना थियो जसले बिदेशबाट फर्कदा खबर गर्यो बरु जादा खबर गरेन मेरो कोठामा महिनौं बसेर खाडी छिरेका केही आफन्तहरू प्रायः फुर्सदिला हुन्छन् मेसेन्जरमा बेलाबखत म्यासेज छोडिरहने तर फर्किने समय तय भएदेखि सम्पर्कमा आउदैनन अब मात्र उनीहरुले मलाई विद्यार्थी देखे डिस्टर्व हुन्छ सोचेर विमानस्थल छेउको कुनै लजमा महिलासहित एकरात बिताएर भोलिपल्ट घर गए तर खाडी जानुपुर्व कैयौं रात बिताएको निशुल्क होटेल एन्ड लजको मालिकलाई खबर समेत गरेनन् अमेरिकनले फर्कदा के उपहार ल्याइदिउ भन्न फोन गरेको रहेछ खुशी लाग्यो आत्मीय प्रवृत्ति देखाएकोमा मैले आइफोन मागेन कुनै महङ्गो उपहार भनेपनी उसले ल्याइदिने लगभग पक्का थियो नेपाल हुँदाको राम्रो साथी हो रुखको मेवा टिपेर बेच्यो भने १०/२० रुपैयाँ आउँछ त्यो नेपाली हो तर घरछेउको सुरिलो रुखमा चढेर मेवा टिप्नु चुनौती मात्र होइन भाचिने खतरा समेत हुन्छ डलर कमाउनु त्यो भन्दा सहज पक्कै छैन भयो नेपाल आइज संगै बसेर कफी खाउला पुग्छ मैले यति भने त्यति धेरै शौखिन मान्छे हैन निर्वाहमुखी भन्दा पनि हुन्च खासमा यो सब परिस्थितिले बनाएको पनि हुनसक्छ सबचिज पुगे पो सौखिन हुने हो , गुजारा चलाउनेलाई सौखिन बन्नु त्यति सहज छैन
मा पनि केही रहर पक्कै छन् घडी चस्मा मेरालागि सौखका वस्तु हुन तर यी रहर हुन् मैले अहिलेसम्म यी चिज खरिद गरेको छैन तर बजारमा मूल्य सोधेको छु कैयौंपटक , कैयौं ठाउँमा मलाई यसको मूल्य निकै महँगो लाग्छ कुनैकुनै फोटोमा लगाएको चस्मा भने त्यो फोटोमा मात्र मेरो हो नत्र कुनै साथिको मलाई यी वस्तु कसैले उपहार पनि दिएको छैन
खासमा मैले अहिलेसम्म उपहार पाएको छैन भन्यो भने गलत हुन जान्छ अन्याय हुन्छ, मम्मी बुबाले अमुल्य जिन्दगी उपहार दिनुभएको छु अनि यी सब चिज छन् त्यसको अलावा जन्मदिन मनाउने शहरमा आएपछि एकजना केटिसाथीले दिएको एउटा कप एउटा फ्रेम यो नै उपहारको इतिहास हो मेरो तर मलाई यी सब खुब प्रीय लाग्छन् लगभग बर्ष भयो तर साह्रै माया लाग्छ दिने मान्छेको जत्तिकै ऊनी प्रत्यक्ष सम्पर्कमा छैनन् तैपनि यी सब चिज सुरक्षीत छन्
नेपाल आयो
एक विहान पशुपतिनाथ दर्शन गर्न जानुबाहेक धुलो भनेर काठमाडौं घुमिएन बाहिर बस्नेहरूले स्वास्थ्यलाई पहिलो दर्जामा राख्छन् अनि मनोरञ्जन फ्रीमा पाएपछि एक्लैले एकफुल भोड्का सिध्याउने प्रवृत्ति हुदैन उनिहरुमा फेसनशैली रहनसहन सिक्ने नेपालीले यो पनि उनीहरुबाट सिक्नुपर्ने विषय हो
दुई दिनमा घर हिड्यौ
बसपार्क पुग्दा हामी संगै एकजना सुन्दर हामीले टिकट काटेको टिकट काटेको रात्रीबस चढ्न आइपुगिन बोका प्रवृत्तिका बोकेर हिडेका हरेक पुरुषले उनलाई आफू छेउको खाली सिटमा देख्न चाहेका थिए तर उनी सुरक्षीत यात्राको लागी परिवारका कुनै सदस्य सहित आएकी रहिछन् देशमा महिलाको हकमा असुरक्षा व्याप्त यस्तै कारणले महिलाहरू लामो यात्रामा एक्लै यात्रा गर्न असहज महसुस गर्छन् छेउछाउमा रहेका हरेकजसो ऊनी बसेको सिटतिर गलत मनसायले नजर लगाउथे बाटोमा उसले गोरा देशका रमाइला घटना सुनायो श्रम सम्मानका कुरा सुनायो सबैले अमेरिका जानू त्यति सहज नभएको सुनायो त्यहाको जनतामा सचेतना अनि देशप्रेम रहेको तर नेपालमा दलप्रेम रहेको सुनायो अमेरिकन गफ सुन्न रमाइरहेको थिए
बाटोमा खाना खान गाडी रोक्यो राजमार्गका होटेल रेस्टुरेन्टमा खानाको गुणस्तर निकै कम हुन्छ तर मूल्य उच्च गाडिवालाहरु पनि यात्रुलाई त्यही महङ्गो खाना खुवाउने ठाउँमा लैजान्छन जहाँ एउटामात्र होटल हुन्छ अनि भोकाएका यात्रुले बाध्य भएर महँगो मूल्य तिर्नुपर्छ कालोबजारी हुने हरेक ठाउँमा यस्तै हुन्छ सेटिङ जहाँ विकल्प हुदैन यो सेटिङ मालपोतजस्ता कुनै सरकारी कार्यालयमा बुढो नायव सुब्बाले अड्काएको फाइल बाहिर बस्ने दलालको भन्दा कम हुदैन खाना नखाने कुरा भयो मैले केही चाउचाउ चिउरा बोकेको थिए त्यही खायौं साथीले बियर खाने प्रस्ताव गर्यो मैले हुदैन भने यत्तिका बर्षपछि भेटेको मैले भन्दा पनि खादैनस भनेर उसले मित्रतालाई गतिलो हतियार बनायो अनि मलाई अचानो मैले मित्रतालाई बचाउन सके तर आफू अचानो बन्नबाट जोगिन सकेन बाध्यता अनुकुल परिस्थितिमा बियर पिउन त्यति नाइनास्ती गर्दैन यहाँ बाध्यता थियो टेबुलमा बियर आइपुग्यो छेउछाउमा बासी खाना खाइरहेका हरेकले हामीलाई मनमनै दरुवा सोचिरहेका थिए तैपनी बिस्तारै थपिदै गयो , कति पुग्यो थाह भएन गाडी छुट्ने समय भयो गाडीको सहचालक हामीलाई बोलाउन आइपुगे हतपत्त निस्केर शौचालय पुगियो झन ढिलो भयो भनेर सहचालक कराइरएका थिए गाडीमा बसेपछी मजाले निदाइएछ बिहान दस बजेतिर घर पुगियो
हाम्रो घर लगभग नजिकै थियो गाडी रोकिनु अगाडि उसले चस्मा लगायो कपाल मिलायो उसलाई अमेरिकन बन्नु थियो तर मलाई केही थिएन मसङ्ग चस्मा पनि थिएन गाउँमा फर्कने कुरा लगभग सबैलाई थाह थियो चोकमा सबै आफन्त साथिभाई भेला भएका थिए सबैले उसैलाई हालखबर सोधे मलाई कसैले सोधेन उसको छायामा परे अनि लाग्यो कमजोर देशहरू साच्चिकै शक्तिशाली राष्ट्रको छायामा पर्दा रहेछन्
गाउँमा भएका तरुनीहरु सकेसम्म श्रृङ्गार गरेर उसको ध्यान आफुतिर तान्न तल्लिन थिए उसलाई आफ्नो बनाउने होडबाजी नै थियो प्रेममा नपरेका तरुनीहरुमा केही प्रेममा परेकाले पनि उसलाई आफ्नो कब्जामा पारेर प्रेमलाई लात मारिदिने मानसिकतामा थिए उसको घरमा आउने बाहना खोजिरहन्थे वास्तवमै नेपाली केटीको मानसिकता गलत राम्रो खोज्ने नाममा आफ्नोपन नै गुमाउन पछि पर्दैनन् राम्रो परिवार विदेशी पि आर खोज्ने बाहनामा माया गर्ने मान्छे गुमाउनु छदै कैयौं राम्रो भविष्य बोकेर देश, समाजलाई केही प्रतिफल दिन सक्ने केटीहरु एउटा घरको ठूलो घेराबन्दीमा पर्छन् चुलोमै सिमित हुन पुग्छन् ऊनीहरुको खुसीको परिभाषा समेत बदलिन्छ
घर पुगेको केहिदिनमा राजधानी फर्किए उसको लामै छुट्टी भएकाले केही महिना घरमै बिताउने कुरा थियो मिलेसम्म बिहे समेत गरेर जाने कुरा रहेछ बासंग केटी खोज्न जाने भन्ने कुरा रे ढुक्क छु अमेरिका शब्द सुनेपछि हरेक बा ले आफ्नी छोरीलाई समेत नसोधेर कुरो पक्का गरिदिने छन् सोधिहालेछन् भनेपनी छोरीले आफ्नो बर्षौको प्रेम लात हानेर हुन्छ भनिदिने छन् तर देशमा केही हुँदैन भन्न सक्ने हिम्मतवाली पनि छन् , थोरै होलान् तर छन् यी र यस्तै हिम्मतवालीले समाज परिवर्तन गरेकाे देख्न चाहान्छु ।


# परिकल्पना
©Ilamsal

Post a Comment

0 Comments